Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सक्रिय संक्रमित २५ हजार नाघ्यो, फेरि होला लकडाउन गर्ने कि विकल्प खोज्ने ?

काठमाडौं । हजारौं संक्रमित भएका मुलुकले व्यवस्थापन गरेर जनजीवन सामान्य बनाइरहेका बेला नेपालमा सक्रिय संमितको संख्या २५ नाघ्दा लकडाउनको चर्चा शुरु भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार २०९ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ४३९ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो अपडेटअनुसार २५ हजार ७ जना सक्रिय संक्रमित पुगेका छन्। स्वास्थ्य मन्त्रालयले यसअघि असोज ७ गते २५ हजार सक्रिय संक्रमित संख्या नाघेमा लकडाउनमा जाने भनेको थियो। यसअघि सक्रिय संक्रमित २५ हजार कटे फेरि लकडाउन हुने स्वास्थ्य मन्त्रालय बताइसकेको अवस्थामा असोज १६ गते भने मन्त्रालयले २५ हजार कटे पनि लकडाउनमा जान नपर्ने जनाएको थियो। असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय संक्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। अब फेरि लकडाउन गर्ने हो भने रोगले भन्दा भोकले मर्ने अवस्था आउँछ । त्यसैले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै चेतजा फैलाएर कोरोना नियन्त्रणमा लाग्नु नै उचित विकल्प हो ।


सम्बन्धित समाचार