Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेल्फी किङमा विपिन

अभिनेता विपिन कार्कीले गत वर्षको हिट फिल्म प्रसाद टिमसँग दोस्रो सहकार्य गरेका छन् । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने फिल्म सेल्फी किङमा उनी अनुबन्ध भएका छन् । फिल्मको निर्देशन भने बिशाल सापकोटाले गर्नेछन् । उनी फिल्म कारखानाका निर्देशक अमरदीप सापकोटाका सहोदर भाई हुन् ।

अमेरिकामा फिल्म मेकिङको पढाइ सकेर नेपाल फर्किएका उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् । यसअघि उनी तेलूगु फिल्म अर्जुन रेड्डीको नेपाली रिमेकको क्याप्टेनसिप सम्हाल्ने तयारीमा थिए । तर, विविध कारणले यो निर्माण हुन सकेन । भदौ १० गतेबाट फिल्मको औपचारिक रुपमा छायांकन सुरु हुने बताइएको छ । अभिनेत्री द्वय स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग केही दिनदेखि कुरा भइरहेको छ । यसअघि दुईले फिल्म बुलबुलमा सँगै काम गरेका थिए ।

फिल्मको मुलकथा विपिनको वरिपरि घुम्ने बताइएको छ । जात्रै जात्रापछि उनले कुनै नयाँ फिल्म साइन गरेका थिएनन् । यद्यपि, उनको पाइपलाइनमा परी र फनफनी छन् । अब यी दुई फिल्म उनले सेल्फी किङ भ्याएपछि गर्नेछन् ।