Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिकित्सकको चेतावनीले झुक्यो सरकार आजै सहमति गर्ने तयारी

काठमाडौँ । सिंगो चिकित्सा क्षेत्र आन्दोनित भएपछि दुई तिहाईको दम्ब प्रदर्शन गरिरहेको वर्तमान सरकार डा. गोविन्द केसीका अगाडि झुक्न पुगेको छ । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको दुवै पक्षले बताएका छन् । दुवैतर्फका वार्ता टोली सदस्यहरुले केसीका मागका सम्बन्धमा भएका छलफल सकारात्मक भएको भन्दै सम्भवतः आज बेलुकासम्म सहमति गरेर केसीले अनशन तोड्ने वातावरण बन्दै गएको जनाएका हुन् । सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले बिहीबार भएको वार्ता र छलफलका आधारमा आज पुनः औपचारिक वार्तामा बसेर टुंग्याउने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए ।
शुक्रबार दुई चरणमा भएको छलफलमा सहमतिको प्रारम्भिक मस्यौदा समेत तयार गरिएको छ । ६ सुत्रीय माग राखेर विगत २५ दिनदेखि आमरण अनसन बसेका केसीले राखेका मागमध्ये ६ मध्ये लगभग ५ वटा मागमा सहमति जुटिसकेको छ । छैठौँ मागका बारेमा शुक्रबारको वार्तामा सहमति जुटाउने प्रयास हुने वार्ता टोलीमा रहेका सदस्यहरुको भनाई छ । केसीका तर्फबाट वार्तामा सहभागी डा। लोचन कार्कीले छलफल सकारात्मक ढंगले अघि बढिरहेको प्रतिक्रिया दिए । वार्तामा सरकारका तर्फबाट सचिव मैनालीको नेतृत्वमा ३ सदस्यीय र केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय टोली सहभागी छ ।
यसैबीच नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै घोषणा गरेको विरोधका कार्यक्रम स्थगित गरेको छ । संघका महासचिव डा. बद्री रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार र डा. केसीका तर्फबाट वार्ता टोली गठन गरी सम्वाद भइरहरेको र सकारात्मक वातावरण तय भएकाले विरोधको कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल