Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रान्तिकारी सरकारमा दरबारका भूत, पूर्व राजकुमारीको घर फिर्ता गर्ने ठेक्का मन्त्रीले लिए

काठमाडौं । नेकपाको सरकारमा थरिथरिका अनुहारहरु देखिएका छन् । हिजो दरबार शक्तिशाली हुँदा दरबारलाई नै सूचना बेच्ने क्रान्तिकारी पनि त्यहीं छन्, रामेश्वर राय यादव जस्ता पञ्चायतका प्रेत पनि त्यही अटाएका छन् । जर्नेल टीका धमला शक्तिशाली हुँदा उनीसँगै दोस्ती गाँसेका रामेश्वरको व्यहवार अहिले बुझी नसक्नु भएको छ । भारतीय दूतावासलाई प्रधानमन्त्री ओली र उनका गतिविधिको सूचना बुझाउने मात्र होइन पूर्व राजा ज्ञानेन्द्रका सचिव डा. फणि पाठकसँग दोस्ती गाँसेर आफ्नो विगत सम्झाउने पनि यिनै रामेश्वर हुन् ।

नेपाली युवाहरुको विदेशमा मात्र होइन देशमा प्रवेश गरेपछि पनि एयरपोर्टदेखि होटलसम्म कमिशन हसुर्ने यी खञ्चुवा अहिले ओली सरकारको श्रम तथा रोजगार मन्त्री छन् । यिनै रामेश्वरले पूर्व राजा ज्ञानेन्द्र पुत्री प्रेरणा सिंहको दाइजोमा प्राप्त घर फिर्ता गराउने विश्वास समेत डा. फणि पाठकलाई दिलाएको समाचार सूत्रले बताएको छ । नेपाल ट्रष्टले प्रेरणालाई घर छाड्न निर्देशन दिइसकेको छ । उनले आफ्नो घर नबनेसम्म दाइजोबाट प्राप्त घरमा बस्न पाउँ भनेर नेपाल ट्रष्टको कार्यालयमा निवेदन मात्र दिएकी छैनन्, सर्वोच्च अदालतमा पुनरावेदन समेत गरेकी छिन् ।

अहिलेका प्रधानन्यायाधीश सर्वोच्च अदालतको न्यायाधीश हुँदा दाइजोबाट प्राप्त घर प्रेरणाकै हुने फैसला भएपछि नेपाल ट्रष्टसँग उनको लडाइँ परेको हो । पूर्व राजाकी पुत्रीले दाइजोको रुपमा प्राप्त सम्पत्ति उनैको नाममा ओली सरकारमार्फत् फिर्ता गराउने धाग लगाउँदै हिँड्ने रामेश्वर रायको जासुसी कलाबाट डा. फणि पाठक समेत आश्चर्यमा परेको बताइन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको अन्तरपार्टी लडाइँ मात्र होइन मन्त्री परिषद्का निर्णयहरु समेत भारतीय दूतावासमा सुम्पने रामेश्वर रायको यो चर्तिकलाप्रति प्रधानमन्त्री ओली जस्ता चलाख नेताले निगरानी नगर्ने हो भने प्रतिगमनकारी शक्तिहरुको सक्रियता मन्त्रिपरिषद्भित्रै नहोला भन्न सकिँदैन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र रायबीच प्रेरणाको दाइजोको विषयलाई लिएर बेलाबखत भनाभन हुने गरेको समेत दरबारीया सूत्रले बताएको छ । तत्कालिन नेकपा एमालेलाई दरबारको शक्तिले परिचालन गर्दा ईश्वर पोखरेल नै मुख्य हस्ती थिए । उनले त्यतिबेला एउटै सूचनालाई दरबार र भारतीय दूतावासमा बुझाएर पैसा खाने गरेको दाबी समेत एमालेकै कार्यकर्ताहरुले गरेका थिए ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल