Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जागिर जान लागेपछि शितल निवासमा रोईकराई

काठमाडौं । लामो मन्थन र रस्साकस्सीकाबीच प्रधानमन्त्री केपी ओलीले खाली रहेका अर्थ, सहरी विकास र सञ्चार मन्त्रीहरु नियुक्त गरे । लिला श्रेष्ठलाई महिला बालबालिका दिएर सञ्चारमा पार्वत गुरुङ पुगे । कृष्ण गोपाल श्रेष्ठ, विष्णु पौडेल प्रधानमन्त्री ओलीको प्राथमिकतामा थिए । प्रधानमन्त्रीले रक्षा आफूसँग राखेर सेनासँग सम्बन्ध बिगारेका ईश्वरलाई आफ्नै मन्त्रालयमा थन्क्याउनुको कारण राष्ट्रपति विद्यादेवी भण्डारी हुन् भन्ने चर्चा छ । प्रधानमन्त्री ओलीले ईश्वरलाई अहिलेसम्मको सहयोगका लागि धन्यवाद दिँदै बिदा गर्न लागेका थिए । तर यो सुइको पाएपछि पोखरेलले राष्ट्रपति गुहारे । शितल निवासले पोखरेलको जागिर जसरी पनि कायम हुनुपर्छ भनेपछि विना विभागीय उपप्रधानमन्त्रीको जिम्मेवारी पोखरेललाई दिइयो ।

पार्टीभित्रै विवादको विजारोपण गर्ने र भएका सहमति तोड्न लगाउने भङ्ज्या नेताका रुपमा परिचित पोखरेलको सामाजिक सञ्जालको आन्दोलनले कता प्रहार गर्छ त्यो भने प्रधानमन्त्रीले ध्यान दिन जरुरी छ ।
पोखरेल सेनाको आन्तरिक खरिदमा हस्तक्षेप गर्दा सेना सन्तुष्ट थिएन । फास्ट ट्रय्राकको परामर्शदता नियुक्तिमा पनि रक्ष्पा मन्त्रीको तहबाट हस्तक्षेप भयो । ओम्नी समूहले कमाएको बदनामीमा होस् वा नेपाल ट्रष्टको जग्गा भाडा काण्ड होस् वा सगरमाथा राष्ट्रिय निकुञ्जको जमिन यति होल्डिङको कब्जामा होस् इश्वरको सहभागिता रह्यो ।

विदेशमा अलपत्र नेपालीलाई बायु सेवा निगमको जहाजमा ल्याउन सीसीएमसीको स्वीकृति पनि आवश्यक पर्ने बनाएर पोखरेल होटलदेखि जहाजको टीकट बेच्ने कुरामा जोडिए । उनले आफू जोडिएका कुरामा चासो दिएनन् । जहाँ पनि विवादित भएपछि प्रधानमन्त्रीले हटाउन सट्टा झन आफ्नै कार्यालयमा राखेर उधुम मच्चाउने त होइनन् ?

वामदेवका कारण यिनको जागिर जोगियो
नालायक मन्त्रीहरु रामेश्वर यादव, हृदयश त्रिपाठी विना मगर, शक्ति बस्नेत मात्र होइनन् अध्यक्ष प्रचण्डको टीमबाट हटाइएका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट समेत जोगिएका छन् । यी प्रवृत्तिहरुको भीडबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेल हट्नेमा थिए । अब प्रम ओलीले २ उपपप्रम थप्नेछन् । वामदेव गौतम उपप्रम तथा रक्षा नारायढणकाजी श्रेष्ठ उपप्रम तथा शिक्षा मन्त्री हुनेछन् । तर सर्वोच्चले वामदेवको फैसला गर्न समय लगायो ।


सम्बन्धित समाचार