Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमै बालिकाको यसरी गरियो उद्धार, ३ जना समातिए

ललितपुर । लतिलपुरमा अपरहणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ । महानगरीय प्रहरी परिसर,ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते बेलुका ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालीकाको सकुशल उद्धार गरेको छ ।
ललितपुर माहालक्ष्मी नगरपालिका–४ इमाडोलबाट अपरिचित ३–४ जना व्यक्तिहरूले बालीकाको अपहरण गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–२९ हरिसिद्धीबाट बालिका सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न जिल्ला सर्लाही हरिवन नगरपालिका ८ बाँसटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्वी बस्ने बर्ष ३० का राजु कार्की, जिल्ला काभ्रे नबोबुद्व नगरपालिका ८ घर भई सोही स्थान बस्ने बर्ष २३ कि सीता परियार र जिल्ला धनुषा धारापानि गाउँपालिका २ घर भई सोही स्थान बस्ने बर्ष ४० को कृष्ण तोलाङ्गीलाई प्रहरीले पक्राउ गरेको छ ।


सम्बन्धित समाचार