Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज एकै दिन थपिए ५ हजार ७ सय ४३ नयाँ संक्रमित, २६ जनाले ज्यान गुमाए

काठमाडौं । कोरोनाको संक्रमण आज ह्वात्तै बढेको छ । देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ। यस्तै बितको २४ घण्टामा २ हजार ९९६ संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ ।
यस्तै कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार