Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोभिड अस्पताल र प्रयोगशालालाई दशैं बिदा नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैं बिदामा पनि कोभिड १९ अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैंका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने बताए।

उनले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दसैं बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताए। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आज देशभर ४४ हजार ७७६ सक्रिय संक्रमित छन्। आज ५ हजार ७४३ नयाँ संक्रमित थपिएसँगै संक्रमतिको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।


सम्बन्धित समाचार