Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, गंगालालमा भर्ना

काठमाडौं। बिहीबार कोरोना संक्रमण पुष्टि भएको बागमीत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले मुख्यमन्त्री पौडेललाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ। मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य भएपनि केही समय अगाडि मुटुको अपरेशन गरेका कारण केही समस्या हुन्छ कि भनेर काठामडौं ल्याइएको बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले जानकारी दिए। उहाँको स्वास्थ्य अवस्था सामान्य छ, सापकोटाले भने, केही समय अगाडि मुटुको पनि अपरेशन गरिएको थियो। सुगर र उच्च रक्तचाप पनि भएकाले होसियारी अपनाइएको हो। मुख्यमन्त्री पौडेल, उनका सुरक्षाकर्मी र चालक र भान्सामा काम गर्ने कर्मचारीलाई बिहीबार कोरोना पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बसेका थिए।


सम्बन्धित समाचार