Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौँ उपत्यकामा १५३५ जनालाई संक्रमण

काठमाडौं । कोरोनाको हट स्पट बन्दै गएको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।


सम्बन्धित समाचार