Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शाहरुखले श्रीमती गौरीलाई बुर्का मात्रै लगाउन आदेश दिएपछि…..

मुम्बइ। बलिउडका किंग खान शाहरुख खान र उनकी पत्नी गौरीले विवाह गरेको आज २९ वर्ष पूरा भएकाने छ । बलिउडका सबैभन्दा चर्चित र सुन्दर जोडीमध्येको एक मानिने यो जोडीको विवाहपछिको एउटा रोचक घटनाको केही समयअघि शाहरुख स्वयंले खुलासा गरेका थिए । शाहरुखले एक कार्यक्रममा यो घटनाबारे खुलासा गरेका थिए । शाहरुखका अनुसार उनले गौरीलाई विवाह गर्नेबित्तिकै बुर्का मात्रै लगाएर घरभित्रै बस्न आदेश दिएका थिए । यो घटनाबारे खुलासा गर्दै शाहरुखले भनेका थिए – ‘मलाई आज पनि याद छ गौरीको परिवार पुरानो संस्कार धेरै मान्ने परिवारमध्येको थियो ।

म परिवारका ती सिद्धान्तको सम्मान गर्छु । तर, जब म त्यहाँ पुगें मानिसहरुले कुरा गरिरहेका थिए कि यो त मुस्लिम केटा हो । के यसले केटीको नाम फेरिदिन्छ रु के गौरी मुस्लिम बन्छिन् रु’ शाहरुखका अनुसार गौरीको घरमा जाँदा यस्ता कुराहरु सुनेपछि उनलाई पनि मजाक गर्न मन लाग्यो । त्यसपछि उनले गौरीलाई बुर्का लगाएर नमाज पढ्न भने । यसबारेमा शाहरुखले भनेका थिए ‘मैले गौरीलाई बुर्का लगाएर नमाज पढ्न भनें । यो देखेर परिवारलाई लाग्न थाल्यो कि कहीँ मैले गौरीको धर्म परिवर्तन त गरिदिइन रु मैले पूरै परिवारको अगाडि भनिदिएँ कि गौरीले आजदेखि बुर्का मात्रै लगाउनेछिन् र घरबाट बाहिर निस्किने छैनन् । उनको नाम पनि गौरीबाट बदलेर आयशा राखिनेछ । यो देखेर पूरै परिपार चकित परे ।’ तनाव बढ्न लागेको देखेपछि भने शाहरुखले आफूले मजाक गरेको बताए । शाहरुखले मजाक गरेको भनेपछि भने पूरै परिवार हाँस्न थाले । शाहरुख र गौरीले अहिले पनि एक अर्काको धर्मलाई सम्मान गर्छन् । आज पनि शाहरुखले मुस्लिम धर्म नै मान्छन् र गौरीले हिन्दू धर्म नै मान्छिन् ।


सम्बन्धित समाचार