Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हट्यो अष्ट्रेलियाको १११ दिन लामो लकडाउन

एजेन्सी । कोरोना कहरका कारण विश्व आतंकित छ । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि अन्त्य गरिएको छ । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दालाई सहज भएको छ । भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् ।
लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ । सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।


सम्बन्धित समाचार