Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतारमा क–कसले कामदार पठाउन पाउने ?

काठमाडौं । आफ्नो देशमा कामदार पठाउन अनुमति दिनेगरी कतारले सीमित म्यानपावरलाई मात्रै सर्टलिस्ट गरेको हल्ला श्रम बजारमा फैलिएको छ । कतारको भिसा स्वीकृत गर्ने निकाय कतार भिसा सेन्टर (क्युभिसी) ले ती म्यानपावर कम्पनीको नाम सर्टलिस्ट गरेको भनिएको छ । नेपालस्थित कतारी दुतावास र नेपालस्थित कतार भिसा सेन्टर (क्युभीसी) ले पठाएको नामलाई कतार भिसा सेन्टरको मुख्यालयले स्वीकृत पठाएको भनिएको छ ।

सार्वजनिक भएको म्यानपावर कम्पनीको सूचीमा होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा।लि।, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज प्रालि साउण्डलिनेस रिक्रुमेन्ट प्रालि, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रा।लि रहेका छन् ।

यसरी सिन्डिकेट कायम गर्नमा २ जना म्यानपावर व्यवसायी सक्रिय भएको अरु व्यवसायीहरुले आरोप लगाएका छन् । व्यवसायीे हेमबहादुर गुरुङ र महेन्द्र चौलागाइँमाथि यस्तो आशंका गरेका हुन् । उनीहरुकै पहलमा यसरी सिन्डिकेट गर्ने प्रयास गरिएको स्रोतको दाबी छ ।

कतारको रोजगारीमा सीमित म्यानपावरको सिन्डिकेटको प्रयास भएको हल्लापछि वैदेशिक रोजगार व्यवसायीहरु सशंकित बनेका छन् । यही विषयमा छलफल गर्न व्यवसायीहरुको आकस्मिक बैठक बसेको थियो । नेपाल बैदेशिक रोजगार लोकतान्त्रिक व्यवसायी संघको कार्यालयमा बसेको बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे लगायत सहभागी थिए ।