Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महरा पुत्रहरु आमाको क्रियामा

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराका दुई छोराहरु आमाको काजक्रियामा बसेका छन् । नेपालगञ्जको चर्चमा बाइबलको सपथ खाएको फोटो सार्वजनिक भएपछि विवादमा आएका पूर्व सभामुख कृष्णबहादुर महराको दागलाई छोराहरुले सफा गर्ने प्रयत्न गरेका छन् । हिन्दू धर्म संस्कृतिअनुसार उनीहरु आफ्नी आमा सीता महराको क्रियामा छन् । केही समयपूर्व उपचारका क्रममा महरा पत्नी सीताको नर्भिक अस्पतालमा निधन भएको थियो । नेपालको मौलिक धर्म संस्कृतिविरुद्ध विगतदेखिनै पश्चिमाहरुले अभियान चलाउँदै आइरहेका छन् ।

इसाई, स्कोल, राधेराधे, कृष्ण प्रणामी, आर्य समाज, हरेराम हरेकृष्ण, ठाडो टिका लगाउँदै एकथरि वैष्णवहरुले नेपालको मौलिक संस्कृतिमा प्रहार गर्दै आइरहेका छन् । यसैगरी नर्वेको लगानीमा तीन दिने, पाँच दिने, सात दिने क्रिया गराउने अभियान पनि चलाइएको छ । विशेष गरेर पूर्व एमालेका एनजीओमा जोडिएकाहरु यस्तो कुकर्ममा सक्रिय छन् । मोदनाथ पश्रित, सीपी मैनाली, वामदेव गौतमहरु सात दिने क्रिया गर्ने नास्तिकहरु हुन् । नेपालका ठूला सञ्चार गृह एक नम्बर र दुई नम्बर दाबी गर्ने दैनिक लगायत टेलिभिजनहरुमा नेपालको मूल संस्कृतिविरुद्ध प्रहार केन्द्रीत गरेर पश्चिमा जासुसहरुलाई लेखाइन्छ ।

यो अवस्थामा महरा परिवारले यी विधर्मीहरुलाई राम्रो जवाफ दिएका छन् । आफ्नै आमा बाबुको क्रिया नगर्ने बीपी कोइराला, प्रकाश कोइराला, शशांक कोइराला, श्रीहर्ष कोइराला, माधव नेपाल, मोहन वैद्य, चित्रबहादुर केसी जस्ता विधर्मी र उनका चेलाहरुले पनि महरा परिवारबाट सद्बुद्धि सिक्ने अवस्था सिर्जना भएको छ । केही समय पूर्व नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सीतालाई लिएर म्याग्दिको गलेश्वर महादेव दर्शन गर्न पुगेका थिए ।

उग्रवाद अतिवादबाट स्वधर्ममा आउनु राम्रो कुरा हो । यसबाट नेकपासहित सबै प्रकारका विधर्मीहरुले शिक्षा लिनुपर्ने देखिन्छ । कुनै समय पशुपतिनाथ उखेल्नुपर्छ भन्ने बीपी कोइराला उनको अन्त्येष्टि पनि पशुपतिमै गरिएको थियो । अर्का पूर्व प्रधानमन्त्री तुलसी गिरी जसलाई इसाई मिसनमा सामेल भनिन्थ्यो उनले पनि आफ्नो दाहसंस्कार पशुपतिमा गर्न भनेका थिए । यसबाट नेपालका उग्रवादी र अतिवादी लेखक बुद्धिजीवीहरुले शिक्षा लिन जरुरी छ ।


सम्बन्धित समाचार