Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मनाङेले बुझाए राजीनामा

काठमाडौँ । मन्त्रालय साटफेर भएपछि गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन् । आफ्नो स्वकीय सचिवमार्फत मनाङेले राजीनामा बुझाएका हुन् ।

यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो । त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न गएका थिएनन् ।

वन मन्त्रालयमा प्रदेशलाई कुनै पनि अधिकार नरहेको उनको भनाई छ । वन प्रदेशले हेर्नै पाउँदैन । वनमन्त्री चाहिँदैन । प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो, मनाङेले भने वन अहिले पनि संघले हेरिराछ ।

साथै उनले वन मन्त्रालय कांग्रेसको कोटामा रहेको पनि बताएका छन् । म कांग्रेसको सांसद हैन, स्वतन्त्र सांसद हुँ । कांग्रेसको कोटाको मन्त्री कांग्रसकै सांसदलाई देऊ भनेको छु, मनाङेको भनाइ छ


सम्बन्धित समाचार