Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।
आयोगले भानु देउवा, गंगा दाहाल र उनका पति जीवन आचार्य तथा राजेश बज्राचार्यको सम्पत्तिको विस्तृत अनुसन्धान थालेको छ ।
स्रोतका अनुसार अनुसन्धानका क्रममा बैंक खाता, जग्गा र शेयर विवरणलगायतका सम्पत्तिको स्रोत खुलाउन ताकेता गरिएको छ ।
२५ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु गरेको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो ।
भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि फारम बोलीचालीको भाषामा १३ पाने फारम भराइसकेको छ, अख्तियारसम्बद्ध उच्च स्रोतले भन्यो, गंगा दाहालको परिवारको नाममा रहेको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु भएको छ ।
आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरेको हो । त्यसक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियारसम्बद्ध स्रोतले बतायो ।
त्यसैगरी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकिय सचिव गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान समेत सुरु भएको छ । अख्तियार सम्वद्ध स्रोतका अनुसार गंगा दाहाल र उनका पति जीवन आचार्यको एकसाथ सम्पत्ति अनुसन्धान अघि बढेको हो । जीवन आचार्य कोशी प्रदेशसभाका सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन् ।
सम्पत्ति अनुसन्धानका क्रममा परिवारका सदस्यहरू पनि स्वतस् तानिन्छन्, त्यसक्रममा कोशी प्रदेशसभा सदस्य र प्रदेशका पूर्व मन्त्री पनि अनुसन्धानमा तानिनुभयो, अख्तियारसम्बद्ध स्रोतका अनुसार, उनीहरूको अनुसन्धान भने भानु देउवाको तुलनामा अलि अगाडि बढेको छ, केही सम्पत्तिहरूको स्रोत खुलाउन थप ताकेता गर्ने काम भइरहेको हो ।
अख्तियारले यसअघि नै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्ति अनुसन्धान सुरु गरेको छ । बज्राचार्यलाई अख्तियारले टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइसकेको छ ।
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल