Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अख्तियारविरुद्ध रणनीति बनाउँदै कांग्रेस

काठमाडौं । पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले पूर्वाग्रह साँध्दै सरकारी जग्गा अपचलनमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आन्दोलित कांग्रेसले आज आवश्यक रणनीति बनाउँदै छ । अख्तियारले साझा भूमिका खेल्न नसकेको आरोप लगाएको कांग्रेसले आज दिउँसो २ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठकमार्फत आवश्यक रणनीति तय गर्न लागेको हो ।
गत बुधबार ललिता निवासको १ सय ३६ रोपनी सरकारी जग्गा अपचलनमा संलग्न भएको भन्दै गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारसहित तत्कालीन ४ मन्त्री र केही पूर्वसचिवसहित १ सय ७५ जनालाई बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसयता कांग्रेसले पूर्वाग्रह साँधिएको आरोप लगाउँदै सदन र सडक दुबैतर्फ आन्दोलन गर्दै आएको छ ।


सम्बन्धित समाचार