Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अगरबत्ती लोड रहेको ट्रक सहित समातिए चालक

पर्सा । अगरबत्ती लोड रहेको ना २ ख ९०१५ नम्बरको ट्रक सहित चालक रौतहट बृन्दावन नगरपालिका(१ बस्ने सिताराम पटेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका २१ स्थित परवानीपुरबाट जितपुरतर्फ जाँदै गरेको उक्त ट्रक जाँच गर्दा बिल बिजक समेत नभएको चम्पा अगरबत्ती ४ सय ८० कार्टुन सहित पटेललाई जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
ट्रक सहित पटेललाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार