Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अति भएपछि बाबुराम पनि मृत्युदण्डको पक्षमा

काठमाडौं । बलात्कार र हत्याका घटनाले समाजलाई आतंकित बनाइरहेको बेला पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका छन् । भट्टराईले आइतबार साँझ ट्वीट गर्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने धारणा अघि सारेका हुन् । नेता भट्टराईले बलात्कारका घटना हुन नदिन कानूनी सुधारको आवश्यकता रहेको भन्दै मृत्युदण्डको बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग राखेका हुन् । बझाङकी बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको सन्दर्भलाई जोडेर डा. भट्टराईले बलात्कारीलाई मृत्युदण्ड हुनुपर्ने माग राखेका हुन् ।
नेता भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘राजतन्त्र कालका नमितारसुनितादेखि गणतन्त्र कालका निर्मला पन्त–सम्झना विकसम्मको बलात्कार र हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भैसक्यो। अब यसो गरौंः १. अपराधी नपक्रने–मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही। २. अदालतमा छुट्टै बेन्चको स्थापना, ३. अपराधीलाई मृत्युदण्ड ।’


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल