अदालतको फैसला कार्यान्वयनका क्रममा पत्रकार खेम भण्डारी पक्राउ
काठमाडौं– कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भण्डारीलाई बुधबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरले २०८२ चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद र १२ हजार १ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
उक्त फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।