Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अधिकारका निम्ति लढ्नु पर्ने

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् । अधिकार दिने बेलामा लुच्चो प्रवृति देखाउने नेकपाको नेतृत्वलाई चुनौती दिन नसक्ने महिले नेतृहरु यस्तै अवसर पारेर कुर्लन्छन् । मौका पाँउदा आफ्नो अधिकारका लागि नेताहरुलाई झुकाउन सक्दैनन् भन्ने कुरा नेकपाको बर्तमान नेतृत्वमा देखिएको महिला सहभागीता र मन्त्री मण्डलमा महिलाको सहभागीताले छर्लङ्ग बनाउछ । महिला नेतृहरु भाषण गर्ने मात्र हुन् । शासन गर्ने होइनन् भन्ने कुरा राष्ट्रपति विद्या देवि भण्डारीको कार्यक्षमता र विगतका निर्णयले छर्लङ्ग बनाउछ ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताइन् । संविधानत्ः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी थिइन्  उनले भनिन्, ‘हामी ५० प्रतिशतभन्दा बढी रहेका महिलाले ५० प्रतिशत भन्दा बढी सबै क्षेत्रमा अवसर पाउनु पर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । आज संविधानत्ः, कानुनत्ः नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौं ।’ संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू हुन नसकेको भन्दै उनले कार्यान्वयन तहमा चुनौती रहेको बताइन् ।

नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकार कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । राजनीतिक अधिकार र संविधान र कानुनमा पाउने अधिकारले मात्रै पुग्दैन । त्यसको कार्यान्वयन र कार्यान्वयनको आधार आर्थिक समानता हो । त्यसैले आर्थिक हिसाबले सबै क्षेत्रमा समान र आत्मनिर्भर बन्न सक्ने महिलाको स्थितिलाई सुनिश्चित गरेर मात्रै राजनीतिक लगायतका अरु सामाजिक, आर्थिक अधिकारका हामीले उपभोग गर्न सक्छौँ भुसाल भन्दै थिइन् ।

पैतृक सम्पत्ति माथिको समान अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गर्ने कुरा, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गर्ने तथा बेरोजगार महिलाहरुलाई बेरोजगार भत्ता उपलब्ध गराउने व्यवस्था गरी संविधानले दिएको अधिकार सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन् ।