Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अधिकारीले दिए मन्त्री हटाएको फूर्ति

काठमाडौं । नेकपा समाजवादीका नेता प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट हटाउन आफू सफल भएको दाबी गरे पनि अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण आर्थिक वर्ष ०७९÷८० को बजेट र कार्ययोजना सम्बन्धी विषयलाई लिएर उनीहरूको पद केही समय टिकेपछि अधिकारी जस्ता छट्टुहरू तिलमिलाएका छन् । बायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीप्रति निगम कर्मचारीहरूले उठाइरहेको असक्षमताको आरोपको छानविन भएको छैन । तत्कालिन समयमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको दबावमा पार्टी अध्यक्ष माधव नेपाललाई पत्तै नदिई कार्यकारी अध्यक्ष बनेका अधिकारी निगमभित्रै बदनाम पात्र थिए । उनलाई युवती काण्ड लागेर सफाई दिलाइए पनि निगमको सुधारमा ध्यान नदिएको आरोप लागेको छ । यतिखेर उनको फूर्ति मन्त्री आलेलाई हटाएकोमा बढे पनि त्यो टिक्न सकेन । नयाँ मन्त्रीमा आउन खुट्टा उचालेर बसेका जीवनराम श्रेष्ठ आफ्नै टिमको धाक लगाएर अधिकारीले आफ्नो असक्षमता लुकाउन प्रयास नगरेका होइनन् । यस्ता पात्रलाई निगममा राखेर कुनै मन्त्रीको कार्यकाल सफल हुँदैन । निगमले आफ्ना जहाजहरूको नियमित परीक्षण र उडानको कार्यक्षेत्र बढाउन नसकिरहेको बेला मन्त्री पदबाट प्रेम आलेको बिदाईसँगै युवराजहरूलाई चुड्कि मार्ने मौका भने मिलेको छ । उनका विसंगतिका बारेमा कर्मचारीहरू नै आक्रोशित बन्ने गरेका छन् ।