Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष प्रचण्डको अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उनको सचिवालयका तर्फबाट छोरी गंगा दाहालले यसबारे जानकारी दिएकी हुन् । दाहालले आज ट्वीट गर्दै प्रचण्डमा अहिले कोभिडको कुनै लक्षण नभएको बताएकी छिन् । चिकित्सकको सल्लाह अनुसार अबको २ दिनमा पीसीआर परीक्षण गर्ने जानकारी दिइन् । तर, नेगेटिभ नदेखिएसम्म प्रचण्ड आइशोलेशनमा बस्ने दाहालले बताइन् ।
कोरोना संक्रमित भएपछि प्रचण्ड होम आइशोलेशनमा छन् । गंगा दाहालले लेखेकी छिन्ः बुवाको स्वास्थ्य अवश्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले डक्टरको सल्लाह अनुसार अवको २ दिनमा पिसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिए सम्म आईसोलेसनमा बस्नुहनेछ ।


सम्बन्धित समाचार