Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्षका अगाडि सबै सागपात, विकल्प खोज्नेकै कमजोर धरातल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने पदािधकारीहरूकै धरातल कमजोर बन्दैछ । ओली यही स्थितिमा नेतृत्वबाट नहट्ने र आवश्यक परे अर्ली महाधिवेशनमा गएर पुनः निर्वाचित हुने बताएपछि पद त्याग्न दबाव दिने विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बाहरू मुखामुख गरेका थिए । पदाधिकारीहरूलाई विभाग केन्द्रीय सदस्यहरूलाई जिल्लाको इञ्चार्ज सुम्पदै महानगर, उपमहानगर, नगर र गाउँपालिकासम्मको संगठन विस्तार र पार्टी सदस्यको भावना बुझ्न खटाउँदा सत्य तथ्य आउने विश्वास गरिँदैछ । वामपन्थी सरकार भत्काएर भ्रष्टाचार र कमिशनमुखी टोलीसँग रातारात सत्ता केन्द्रीत हुँदा एमाले केन्द्रदेखि जिल्लासम्म भत्कियो । यतिखेर अध्यक्ष ओलीलाई तिनै शंकर र विष्णुले हैरानी दिएका छन् । उनले त्यो कुरा शनिबार बागमती प्रदेशस्तरीय भेलामा प्रकट गरेका थिए ।
तर पनि नेतृत्व टसमस छैन । एमालेको आजको नेतृत्वबाट ओली हटेर विष्णु र शंकरहरू कार्यवाहक हुँदैमा परिवर्तन हुँदैन । एमालेले जनताको बहुदलीय जनवादलाई कमिशन र विचौलियावादमा लगेको छ । त्यो काममा आजको नेतृत्व जिम्मेवार छ । विष्णु पौडेल सधैं सत्तामा शंकरले प्रदेशको मुख्यमन्त्री हुँदै अधयक्षको शक्ति प्रयोग गरेर चुनाव हारेकाहरूलाई दिलाएको राजनीतिक नियुक्तिको अवसर पनि कार्यकर्ताप्रतिको बेइमानी थियो । वामपन्थी शक्ति खेदेर दलाल, माफियाकरणमा रमाउँदा चुड्किला धेरै आए । तर पार्टीले आफ्नो धर्म छाड्यो । प्रगतिशिल शासनलाई दुई तिहाइको बलमा निरंकुश बनाइयो । राष्ट्रवादी र राष्ट्रघाती कित्ता ओली आफैंले छुट्याएका थिए । कसैका कुरा नसुन्ने एकाधिकार बादी शैलीका कारण ०८२ फागुन २१ को चुनावमा एमालेसँग राप्रपा पनि जोडिन मानेन । विगतमा देशभर वापमन्थी मिले पनि झापा ५ र ३ ओलीका लागि राप्रपा समेत जोडिन्थ्यो । जसले यो स्थिति ल्यायो उसैले पार्टी ध्वस्त बनायो । राप्रपा गणतन्त्र विरोधी शक्ति हो । ओलीका लागि चासो भएन । एमाले जोडिएको १८ भन्दा बढी भ्रष्टाचारका फाइल छन् । ती फाइलसँग अध्यक्ष र प्रमको नाताले जो जोडियो त्यसको पछाडि शतिशलाल गुरुवाआचार्य, दिपक भट्ट, सहिल अग्रवाल, दिपक मलहोत्राहरूको नाउ छ । केपी ओली, विकासका कुरा गर्छन् । एमाले बिनाको सरकारले फड्को मार्दैन भन्थे । भाद्र २३ र २४ उनकै योगदानबाट आएका समस्या थिए । पार्टी पनि पदका लागि कोही प्रतिस्पर्धी नहुन भन्ने भावनामा ओली बहकिए । हिजो उकास्ने र विद्या भण्डारीको सदस्यता होल्ड गर्ने शंकर पनि हुन् । लोकतान्त्रिक गणतन्त्रलाई अमेरिकी शैलीको दुई दलीय ढाँचामा सञ्चालन गर्नु पर्ने दिने शंकर पोखरेल जस्ता ढोगीलाई जनताले सजायँ दिएका छन् । यो पुस्ताका धुपौरे र चाकडीवाजहरूको लागि एमाले सुधारिएर आउने छैन । ओलीको संगठनमा कार्यकर्ता क्षमता, लगनशीलता हेरेनन् । चाकडीबाजहरूलाई उनले विश्वास गरेपछि पूर्व राष्ट्रपतिको घर जलाउन जानेले पनि संसदको टिकट पाएर चुनाव जितेकै हुन् । जताततै घेराबन्दीमा पर्दा विष्णु, शंकर, पृथ्वी सुब्बालाई देखाउन पनि पूर्व राष्ट्रपतिसँग घण्टौं भलाकुसी गरी सचिवालय बैठकबाट विद्याको स्थगन सदस्यता खुल्ला गरेका ओलीले उपाध्यक्ष रामबहादुर थापालाई आफ्नो विकल्पको बारेमा बहस चलाएर प्रतिवेदन तयार गर्न लगाएका छन् । जबकि त्यो पहिलो बैठकमा उनी आफैं सहभागी हुँदा विकल्पधारीहरू सागपात हुनुप¥यो । उपाध्यक्षहरू, महासचिव उपमहासचविहरू त्यो समितिमा छन् । ओलीको विकल्पका लागि जेठ २१ गते पनि गुण्डुमा शंकर र विष्णु पौडेल पुगेका थिए । त्यो बेला सचिव महेश बस्नेत साथमै रहे । अध्यक्षले कुनै हालतमा अध्यक्ष पद नत्याग्ने पार्टीलाई ०७९ कै अवस्थामा ल्याइछाड्ने अडान छ । तर उनले हिजोका धुपौरेहरू शेरधन राई खगराज अधिकारी, भानुभक्त ढकालसम्मले अब विचार गर्नुपर्छ भन्ने अवस्था आएको छ । वैचारिक बहस, सैद्धान्तिक कार्यसूचिमाथि छलफल हुँदैन भने ओलीको यथास्थितिवादको पछि को लाग्छ ? जनताको बहुदलीय जनवादलाई माफिया र तस्करको जालोमा फैलाएका कारणले पनि नेकपा एमालेको आजको नेतृत्वले स्वाङ पार्न जरुरी छैन । एमाले मात्र होइन नेकपाले पनि यही स्थितिमा सुध्रने भन्छ भने पत्याइँदैन । जनताले ओली, प्रचण्ड, माधव मात्र होइन, दोस्रो पुस्ता समेत मन पराउन छाडेकोछ ।