Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । शुक्रबारबाट आइतबारसम्म तीन दिनको अनुमति अदालतले दिएको हो ।
आपराधिक विश्वासघातको उजुरीमा अभिनेता अनमोल १२ असोज शुक्रबार साँझ भक्तपुरको साँगाबाट पक्राउ परेका थिए । प्रहरी हिरासतमा रहेको बेला शुक्रबार रातिबाटै अस्वस्थ देखाउँदै काठमाडौंको महाराजगन्जस्थित चिरायू अस्पतालमा रहेका अनमोललाई आइतबार मध्यान्न काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । सो अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अब अभिनेता अनमोललाई सोमबार अदालतमा पुनः काठमाडौं जिल्ला अस्पतालमा बयानका लागि उपस्थित गराइने भएको छ ।
अभिनेता अनमोलले सुदर्शन थापा निर्मित निर्देशित चलचित्र ‘रावायण’ मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको सो चलचित्रको छायांकनको समयमा विभिन्न बहाना बनाएर चलचित्रको छायांकनमा सहभागी नभएको भन्दै निर्माता सुप्रिया भन्ने चन्द्रकला कटुवालले ८ असोजमा अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा उनी पक्राउ परेका थिए । सुदर्शन थापा प्रोडक्सनका तर्फबाट सुप्रियले १ करोड १५ लाखको क्षतिपूर्ति माग गर्दै उजुरी हालेकी हुन् ।
सो उजुरीपछि प्रहरीले तीन दिनसम्म लगातार बोलाउँदा पनि प्रहरी कार्यालयमा नआएपछि कालिञ्चोकबाट काठमाडौं आइरहेको अनमोललाई शुक्रबार प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । अदालतमा म्याद थप्न आइतबार लैजानुभन्दा अगाडि अनमोलसँग महानगरीय प्रहरी परिसर टेकुमा करिब ३ घण्टा प्रहरीले बयान लिएको थियो । सो बयानका क्रममा अनमोलले चलचित्र रावायणको स्कृप्ट मन नपरेको बताएका छन् । आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ का निर्माताले लिन नमानेको पनि अभिनेता अनमोलले प्रहरीसँगको बयानमा बताएका छन् । फिल्मको स्कृप्ट राम्रो बनाउनु भनेर अनुरोध गर्दा पनि निर्माण पक्ष नमानेपछि फिल्मको काम नगरेको पनि उनले बयानको क्रममा बताए । यसरी तीन घण्टाको बयानपछि बल्ल प्रहरीले सोधपुछपछि उनलाई काठमाडौं जिल्ला अदालतमा लगेको हो ।
निर्माता निर्देशक सुदर्शन थापाले १ करोड १५ लाख रुपैयाँको क्षतिपूर्तिसहितको मुद्दा दायर गर्नुको कारण भने, फिल्म छायांकनका लागि सम्पूर्ण कलाकारदेखि प्राविधिकसम्मको पैसा हामीले तिरिसकेका थियौं भने छायांकनका लागि आवश्यक उपकरणदेखि कलाकारको कपडा तथा अन्य सामग्रीसमेत लिइसकेका थियौं । अनमोलका कारण हाम्रो सिनेमाको छायांकन हुन नसक्दा दसैंको मुखमा करिब सय जना कलाकारदेखि प्राविधिकसम्म बेरोजगार भएका छन् । फिल्म छायांकन हुन नसक्दा १ करोड १५ लाख रुपैयाँ घाटा भएको कारण त्यो क्षतीपूर्ति माग गरेर आफूहरू अदालत पुगेको बताएका छन् । चलचित्र रावायणको छायांकन १२ असोजबाटै गर्ने भनिएको थियो । अनमोलले समय नदिएपछि यो चलचित्रको निर्माण यतिबेला अन्योलमा परेको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल