Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा अनुगमनका क्रममा अनुसन्धानाधीन उजुरीका फाइल हेर्न माग गरेपछि केहीबेर विवाद भएको छ।
समितिका सभापति यज्ञमणि न्यौपानेसहितको टोलीले अनुसन्धान फाइल हेर्नुपर्ने अडान राखेपछि अख्तियारका कर्मचारीले गोपनीयताको कारण देखाउँदै फाइल उपलब्ध गराउन अस्वीकार गरेका थिए।
सभापति न्यौपानेले जनप्रतिनिधिलाई अनुसन्धानको अवस्था बुझ्ने अधिकार रहेको उल्लेख गर्दै २०७३ सालदेखिका उजुरी फर्छ्यौट नहुनुको कारणसमेत माग गरेका थिए। उनले नाम सार्वजनिक नगरी अनुसन्धानको प्रगति र फाइल तामेली वा अभियोजनको अवस्थाबारे जानकारी दिनुपर्ने धारणा राखे।
अख्तियारका कर्मचारीहरूले भने कानुनअनुसार अनुसन्धान प्रक्रिया गोप्य हुने भएकाले अनुसन्धान भइरहेको फाइल देखाउन नमिल्ने अडान दोहोर्याएका थिए। यस क्रममा दुवै पक्षबीच केहीबेर भनाभन भएको थियो।
२०८३ असार १८
ताजा नेपाल
२०८३ असार १८
ताजा नेपाल
२०८३ असार १८
ताजा नेपाल