Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा भीम रावल प्रचण्ड माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ । विभिन्न तहका नेताहरूसँगको चरणबद्ध छलफलपछि भीम रावलको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीसँग समाहित हुने भएको नेकपाका युवा नेता सुदेश पराजुलीले पुष्टि गरे । उनीसहितका युवा नेताहरू मोहन गौतम, जीवन राईलगायतले पनि रावलसँग भेट गरेका थिए । रावलको मातृभूमि जागरण अभियान र नेकपाबीच यसै साता एक औपचारिक कार्यक्रम गरेर एकता हुने भएको छ । रावल पक्षबाट केही नेताले केन्द्रीय कमिटीलगायतका विभिन्न तहमा जिम्मेवारी पाउने पनि सहमति भएको छ । रावलको पक्षबाट केन्द्रीय कमिटी,राजनीतिक समितिलगायतका संरचनामा सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदी,पूर्व प्रदेश सभा सदस्य हर्क कुँवर,अछामका प्रकाश शाह, दूधकला विष्टलगायत एक दर्जनबढीको नाम सिफारिस गरिदैछ । नेता रावललाई नेकपाको हाइ कमाण्ड अर्थात केन्द्रीय कार्यालयमा राखिने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछिको वरीयतामा भीम रावललाई राखिने अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् । नेकपामा प्रधानमन्त्री भएका तीनजना नेता छन् भने उपप्रधानमन्त्री भएका वामदेव, नारायणकाजी र कृष्णबहादुर महरा छन् । महरा हाल थुनामा रहेका छन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल