Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले असार ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
उक्त कम्पनीको आईपीओका लागि स्थानीयले छिटोमा असार २१ गतेसम्म र ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रमिकले भने असार २१ गतेसम्म मात्र आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार कम्पनीले दैलेख जिल्लाका स्थानीयको लागि ५ लाख ९ हजार ८ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । अति प्रभावित क्षेत्र दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ३ का स्थानीयलाई २ लाख ५४ हजार ९ सय २ कित्ता शेयर र नौमुले बाहेकका दैलेखका अन्य स्थानीयलाई २ लाख ५४ हजार ९ सय २ कित्ता शेयर गरिने छ ।
यसैगरी श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि १ लाख ९८ हजार ८ सय २४ कित्ता शेयर बिक्री गरिने छ ।
कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको जानकारी दिएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल