Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफ्रिका महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युएचओले उक्त चेतावनी दिएको हो । कोरोना भाइरसको महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको ज्यान जाने सक्ने र ३ करोड मानिसहरु गरिवीको चपेटामा पर्न सक्ने संयुक्त राष्ट्रसंघका अधिकारीले समेत आकलन गरिसकेका छन् ।
अफ्रिकामा अहिले एक हजार भन्दाबढी मानिसले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् भने १९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म अफ्रिकामा संक्रमण दर युरोप र अमेरिकामा भन्दाकम भए पनि बेलैमा सावधानी नअपनाए त्यहाँको अवस्था पनि भयावह हुन सक्ने चेतावनी दिइएको हो । भाइरसको संक्रमण अफ्रिकाका राजधानी भन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको डब्ल्युएचओले बताएको छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेकाले पनि चिन्ता थप भएको डब्ल्युएचओले जनाएको छ । संयुक्त राष्ट्रसंघको अफ्रिकी आर्थिक कमिसनले सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ ।


सम्बन्धित समाचार