Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब पालो शक्ति बस्नेतको

काठमाडौँ । अहिले बन मन्त्रालय राति १०÷११ बजेसम्मै उज्यालो हुन्छ । सिंहदरबारका अन्य मन्त्रालय सुनसान हुँदा पनि वन मन्त्रालयमा चहलपहल भइरहेकै हुन्छ । मन्त्री शक्ति बस्नेत मन्त्रालयमै बसेपछि सचिव र अन्य कर्मचारी घर जाने कुरा पनि भएन । उनीहरू पनि मन्त्रालयमै हुन्छन् । तर मन्त्रीको यस्तो व्यस्तता मन्त्रालयको काम भन्दा पनि ‘खेतीपाती’मा सक्रिय मन्त्रीका कारण मन्त्रालयका कर्मचारी आजित भइसकेका छन् । मध्यरातमा सरकारी गाडीमा सिंहदरबारभित्र माक्स लगाएकी एक युवतीको प्रवेश हुन्छ । उनी सरासर मन्त्रीको च्याम्बरमा छिर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको यही बानीका कारण ज्वाइँ नाता पार्ने एक पत्रकारले विगतमा उनका विरुद्ध विभिन्न अनलाइनहरूमा समाचार प्रवाह गरेका थिए । ती ज्वाइँकी श्रीमती (मन्त्रीकी भतिजी)ले केही समय अगाडि आत्महत्या गर्न बाध्य भएको प्रसंग पनि कम दर्दनाक छैन ।

मन्त्री शक्ति बस्नेत श्रीमती सत्या पहाडीलाई कहिले क्याबिनेटमा व्यस्त भएको बताउँछन्, कहिले बालुवाटर त कहिले अध्यक्ष निवास खुमलटार । श्रीमानको पिछा लाग्दा लाग्दा थाकेकी पहाडी अहिले डिप्रेसनको शिकार भएकी छिन् । पाठेघरको समस्याका कारण एउटै मात्र सन्तान भएका बस्नेत परिवारमा अहिले शान्ति छैन । आफ्नो क्षमता नभएपछि हरेक निर्णयमा अध्यक्ष प्रचण्डको संकेत पर्खने उनको प्रवृत्ति अहिले पनि यथावत छ । भन्नका लागि उनी कर्मचारीहरूको सरुवा बढुवामा ‘म्याडमलाई भेट्नु भयो ?’ सोध्ने गर्दछन् । तर उनको चरित्रले म्याडमलाई मनमा शान्ति दिएको भने छैन । सभामुख पदमा रहेका कृष्णबहादुर महराका विरुद्ध उनी जसरी लागे अब उनका विरुद्ध सिंहदरबारमा तत्कालिन माओवादीका कार्यकर्ताहरूले जासुसी गरे भने रंगेहात पक्राउ पर्ने पालो यिनकै आउने छ । किनकि यिनका विगतका बारेमा राम्रो जानकारी राख्ने जनार्दन शर्मा अहिले मन्त्री पद नपाएर छट्पटाइरहेका छन् ।

महरालाई गच्छदार शैली भनेर प्रचार गराउने शर्माले जनयुद्ध कालमा बस्नेतमाथि लागेका कार्यकर्तामाथि जबर्जस्ती करणी काण्डका थुप्रै घटनाहरू दबाइदिएका थिए । शर्माले जति दबाए पनि बस्नेतलाई एक वर्ष पार्टीले कारबाही गर्न बाध्य भएको जनयुद्धकै सहभागी पत्रकारहरू बताउँछन् । माओवादीभित्र क्षमता नभए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालको गार्ड भएकै कारण उनीमाथि त्यतिबेलै कोटेश्वरमा गोली प्रहार पनि भएको थियो । त्यो घटनाले उनलाई राजनीतिक फाइदा दिलायो । जिल्लाबाट सांसद बन्ने मौका पनि मिल्यो । अहिलेसम्म ३ पटक मन्त्री पनि उनी भए । सधैं अध्यक्ष प्रचण्डको कृपा उनीमाथि रहेकै कारण पछिल्लो पटक बनमन्त्री भए पनि उनले प्रचण्डप्रति प्रहार गर्न भने छाडेनन् । अहिले उनी अर्का अध्यक्ष केपी शर्मा ओलीका भक्त बनेका छन् । प्रचण्ड निवास खुमलटारमा भएका कुराकानीहरू सबै पास गर्ने यिनै बस्नेत बनेका छन् । यसैकारण अध्यक्ष प्रचण्डले हटाउने मन्त्रीको सूचिमा बस्नेतको नाम राखे पनि अर्का अध्यक्ष ओलीका कारण उनी आफू मन्त्रीमै टिकिरहनेमा ढुक्क छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल