Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब मिल्ला त नेकपाको भागवण्डा ? पार्टीको निर्देशन मान्लान् ओलीले ?

काठमाडौं । सहमति एउटा गर्ने कार्यान्वयन अर्को गर्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेकपामा देखिएको रडाको केही मत्थर हुने अपेक्षा गरिएको छ । सत्तारुढ दल नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी दिएको हो । अर्का अध्यक्ष केपी शर्मा ओली भने सरकार सञ्चालनमा केन्द्रित हुने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने पनि बैठकले निर्णय गरेको श्रेष्ठले बताए । बैठकले एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णयसमेत स्थायी समिति बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने बताए। त्यस्तै श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले बिहीबारको बैठकको प्रारम्भमै धारणा राखेका थिए । ओलीले देशी र विदेशी शक्तिले पार्टी फुटाउन चाहेको तर त्यसलाई आफूहरुले असफल पारेको प्रष्ट पारेका थिए । स्थायी समिति बैठकमा १३ जना स्थायी समिति सदस्यले धारणा राखेका छन् । नेताहरुको विचार सुनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अन्तिममा धारणा राखेका थिए ।