Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एक जना कोरोना संक्रमित भेटिएपछि त्यसको संम्पर्कमा आएका सबैको कोरोना परीक्षण भइरहेको बेला अब किटको अभाव र ल्याबको क्षमताले नभ्याउने भएपछि लक्षण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण थालिने भएको छ । नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएकाहरुको कोरोना परीक्षण नै नगर्ने नीति बनाउन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले पनि यस विषयमा छलफल भएको बताएको छ । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि, स्वास्थ्य मन्त्रालय र अन्य विज्ञहरुको टोलीहरुबीच यस विषयमा छलफल भएको हो । सरकारले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा भर्ना गर्ने गरेको छ । यस्तै आइसालेनसमा भर्ना भएको हरेक सातामा संक्रमितको कोरोना परीक्षण हुने गरेको छ । दुईपटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र स्वास्थ्य मन्त्रालयले कोरोना निको भएको घोषणा गर्दै आएको छ । आइसोलेसनमा भएका संक्रमितको लगातार दुई पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने गरेको छ । उनीहरुलाई अस्पतालबाट डिस्चार्ज भए पनि थप २ साता घरमा समेत क्वारेन्टाइनमा राख्ने गरिएको छ । तर स्वास्थ्य मन्त्रालयले अबदेखि भने आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितलाई लक्षणविहीन भएपछि कोरोना परीक्षण नै नगरी डिस्चार्ज गर्ने योजना बनाउन लागेको छ । अबदेखि लक्षण देखिएका कोरोना संक्रमितको एकपटक मात्र कोरोना परीक्षण हुनेछ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल