Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सभामुखले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद ९डीपी० अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् । भेटमा सभामुख घिमिरेले बजेटमा व्यापक छलफल हुनुपर्ने बेला अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए । विपक्षीले उठाएका मुद्दाहरू गम्भीर भएकाले नै आफूले २ हप्ता सहमतिका लागि संसद् रोकेको उल्लेख गर्दै उनले अब रोक्ने अवस्था नभएको बताए । आफूले संवैधानिक सीमाहरूलाई ख्याल गरेर अगाडि बढेको उल्लेख गर्दै उनले भने, संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईँहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ । यता, रास्वपाले आफूहरूले जनताका वास्तविक समस्या उठाएको भए पनि सरकार गम्भीर नभएकाले संसद् अवरोधको बाध्यात्मक बाटो रोज्नुपरेको बताएको छ । रावस्पाले मुद्दाबाट पछाडि फर्किन सक्ने अवस्था नभएको तर निकासका लागि छलफल र संवादमा रहेको पनि सभामुखलाई भनेको छ । एक घण्टा भएको छलफलमा रास्वपाका कार्यवाहक सभापति र प्रमुख सचेतक परियारले भने, विपक्षीले उठाएका माग गम्भीर छन् । जनताको वास्तविक समस्या उठाएका छौँ । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।
२०८२ असार २
ताजा नेपाल
२०८२ असार २
ताजा नेपाल
२०८२ असार २
ताजा नेपाल