Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ। गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले उनी अस्पताल भर्ना भएको कुरा पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। ललितले भने, गोविन्दा मंगलबार राति ८स्३० बजे आफ्नो घरमा अचानक बेहोस भए। सुरुमा उनलाई डाक्टरको सल्लाहअनुसार घरमै औषधि दिइएको थियो, तर अवस्था बिग्रिँदै गएपछि गएराति १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको हो। ललितका अनुसार, अहिले गोविन्दाको स्वास्थ्य परीक्षण भइरहेको छ। उनले गोविन्दाको स्वास्थ्य हाल स्थिर रहेको र परीक्षणको नतिजाका आधारमा डाक्टरहरूले उनको उपचार निर्धारण गर्ने बताए।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल