Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अभिनेत्री मनिषा कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उनीसँग उक्त अभियानको सद्भावना दूतका रुपमा नियुक्त गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको हो। मन्त्री प्रदीप पौडेलले एचपीभी खोप देशव्यापी रुपमा अघि बढाउने बताएका छन्। यो अभियानको एचपीभी भाइरसबिरुद्ध लड्न सघाउने उनले बताए। नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई नेपाल सरकारले भ्याक्सिन उपलब्ध गराउने बताए। खोप लगाउने केन्द्रका रुपमा विद्यालयहरूलाई राखिएको छ। कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई यो खोप दिइनेछ।
२०८१ माघ १७
ताजा नेपाल
२०८१ माघ १७
ताजा नेपाल
२०८१ माघ १७
ताजा नेपाल