Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निजी स्कुलको लुटतन्त्र रोक्ने र नीति नियममा बाँध्ने हिम्मत कुनै पनि सरकारले गर्न सकेनन् । जुनसुकै सरकार पनि तिनै लुटाहाका पक्षमा लागिरहेका बेला काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने भएको छ । नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गर्दै महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम नगरे कारबाहीको महानगरले चेतावनी दिएको हो । मेयर बालेन्द्र शाहले सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन अनुरोध गरे । विद्यालय आफैले पाठ्यपुस्तक, स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेसकोडको नमूना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले गरेको महानगरले स्मरण गराएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल