Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभियुक्तलाई समाउँदा स्थानीय उत्रिएपछि…

झापा । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले बताएका छन् । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । २ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । तर गोली लागेर एक जनाको मृत्यु भएको हो ।