Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्रीले फूर्ति लगाउनै पर्दैन । देशको सार्वभौम अखण्डतामाथि बालेन्द्रले संसदमा प्रहार गर्दा आफू कुन धरातलमा छु भन्ने ख्याल गरेनन् । पुर्खाको थलोको नाउ बेचेर प्रम पदमा गएको सय दिनमा सडक र खोला किनाराका गरिबको जीवनमा डडेलो लगाउने देशघाती खराने समुहका पछाडि जनताको सम्पत्ति लुट्ने, छोरी चेल्ीको इज्जत लुट्ने लुटाहा सेनाको भरोसा हुन्न । तर प्रधानमन्त्रीले त्यो बुझ्दैनन् । आज पार्टी सभापतिको साथ खोज्दैछन् । उनको लुटाहा टिमले पैसा कहाँ झर्छ त्यो हेर्छ । विभागीय मन्त्रीलाइ पेलेर पासपोर्टको नाउमा लुट्न खोज्दा बदनाम भएपछि त्यो टिम राष्ट्रिय परिचपत्र तिर लाग्यो । त्यहाँ सफल भयो । सवारी लाइसेन्समा यही समूहको गिद्दे नजर छ । स्वतन्त्र प्रेसमाथिको प्रहारमा रमाएको सहकारी ठगले तोकेका १२ भाईमध्ये कान्तिपुर अन्नपूर्णका मालिक बिकी सकेका छन् । अरुको गणना छैन । सञ्चारमन्त्री यही खराने समूहका खजाञ्ची हुन् । सूचनाको हक खोज्ने कथित दुई तिहाईले संसदमा सामना गर्ने आँट गर्दैन । त्यहाँ टिओबी समूह र रविको टोली फरक छ । संसदहरू शेयर दलाल हरि ढकाल, खगेन्द्र सुनार र आशिका तामााङ, केपी खनाल, पारसमणि देलाल, राजु पाण्डे, ज्वाला संग्रौला, यज्ञमणि न्यौपानको अराजकता र रमेश प्रसाई, मनिष झाको सदनमा व्यक्त सत्यता रास्वपाले बुझ्दैन । कोही विदेशी युवती गर्भवती बनाएर भाग्ने कोही युवतीसँग ओठ टोकाटोक गरेर तस्बिर खिचाउनेको ताँती बढ्दैछ । अरु दललाई भन्न आनन्द लाग्छ । अब रास्वपाले पत्रकारले समाचार लेखेबापत साइबर कानुन लगाउने प्रहरीमा दानबहादुर कार्की आईजीपी छँदैछन् । सत्तामा टिक्ने हो भने अमेरिकी स्वार्थका तीन काम टिओबी समूहले एक वर्षमा गर्न सक्नुपर्छ । त्यो बेला नेपालको संविधान राष्ट्रिय स्वाधिनता, विधिको शासन, कानुनी मूल्य हेरिँदैन । त्यो चरित्रको शुरुवात गृहमन्त्री अनौपचारिक वस्त्रमा प्रधानमन्त्री टिसर्टमा संसदमा गएर नांगै भएका छन् । ठेकेदारको खुट्टा भाँच्ने पूर्वाधारमन्त्री कुन चरित्रबाट प्रशिक्षित छन् भन्ने देखाउँछ । प्रतिष्ठान भर्ने संस्कृतिमन्त्री हिजै पंगु भएका छन् । सञ्चारमन्त्री पनि उस्तै छन् । संविधान तोड्दा ६५ वर्ष उमेरहदको ख्याल नगरी ८० वर्षे बृद्धबाट वायु सेवा निगम सुधार्ने धतुरे हुन् गणेश पौडेल । जसले सार्वजनिक जग्गा कब्जा गरेर पोखरामा देखावटी व्यवसाय गर्थे । अमेरिकाले नेपालले १५औं दलाई लामा घोषणा गर्न टोखा र मुस्ताङको युरेनियम आफ्नो देशको कम्पनीलाई दिलाउन र अमेरिकी सेनाको बेस क्याम्प मनाङ वा मुस्ताङमा राख्ने गरी बालेन्द्र सरकारले निर्णय गर्न सकेन भने रास्वपाबाट खराने समूहलाई वर्ष दिनभित्रै खेद्ने निश्चित छ । त्यो बेला रास्वपा विभाजन हुनेछ । अमेरिकी युथ काउन्सिलको सदस्य नेपालको प्रम बन्दा दलाई लामाको सचिवालयले बधाई दिनुनै नेपालको सार्वभौमिकतामाथि प्रहार थियो । खरानेहरू रमाएका थिए । अमेरिकी युथ काउन्सिल, बारबरा फाउन्डेशन, फ्रि तिब्बत गु्रप, तिब्बती शरणार्थी ट्रष्ट, फ्रि तिब्बत स्टुडेन्ट ग्रुपको घेरामा बालेन्द् सरकार छ । यो सरकार पुरानाको खेदो खन्दा आफैं खाडलमा पर्छ । जसको राष्ट्रिय पहिचान छैन । पैसा यिनको ठूलो शोख हो । चीनको दबावपछि काठमाडौं विश्व विद्यालयले तिब्बत सम्बन्धी विश्व सम्मेलन रहेको छ । काठमाडौं विश्वविद्यालय स्थापना मै शंकास्पद लगानी भिœयाउने डा. सुरेशराज शर्मा दलाई लामाका दलाल थिए । पैसा पाएपछि कथित मानवअधिकारको बर्को ओडेर हजम गर्ने एमालेका अग्नि खरेल, सुबोध प्याकुरेल, कनकमणि दिक्षित, चरण प्रसाई जस्ता देशघातीहरू पछिल्लो समय बेपत्ता छन् । यस्ता अनुहार धेरै छन् । यहाँ जेनजी आन्दोलनको मर्ममाथि प्रहार भयो भनिन्छ । एमालेका केपी ओली आफ्नो महल बनाउन ठेकेदारलाई मुख्यमन्त्री बेच्दैछन् । पार्टीमा ५० वर्ष योगदान गर्नेको हुर्मत लिइन्छ । टिओबी समूहले पैसा पु¥याएको भए ओली नै फ्रि तिब्बतको कार्यक्रममा प्रमुख अतिथि बन्न बेर मान्दैनन् भन्ने विदेशीलाई थाहा छ । किनकि केपी ओली प्रम हुँदा होली वाइन काण्ड भएकै हो ।
२०८३ भाद्र ४
ताजा नेपाल
२०८३ भाद्र ४
ताजा नेपाल
२०८३ भाद्र ३
ताजा नेपाल