Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा गोली लागी एक महिलाको मृत्यु भएपछी तनाब उत्पन्न भएको छ

अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासी व्यवस्थापन गर्ने निकाय यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट आईस का एक अधिकारीले प्रहार गरेको गोली लागी एक महिलाको मृत्यु भएको छ ।

दक्षिण मिनियापोलिसमा जाँच अभियानका क्रममा एक ३७ वर्षीया महिलालाई गोली प्रहार भएको हो । गोली लागेर ती महिलाको मृत्यु भएको छ। यस घटनाले ट्रम्पका संघीय अधिकारी र स्थानीय अधिकारीहरूबीच ठूलो विवाद निम्त्याएको छ।

राष्ट्रपति ट्रम्प र सरकारी अधिकारीहरूले भनेअनुसार ती महिलाले अधिकारीहरूमाथि नै गाडी चढाउने प्रयास गरेकी थिइन् । त्यसैले आत्मरक्षाका लागि गोली चलाउनु परेको अधिकारीहरुको भनाइ छ ।

यद्यपि, स्थानीय नेताहरूले भिडियो फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा यो दाबीलाई खारेज गर्दै स्वतन्त्र छानबिनको माग गरेका छन्।

गोली प्रहार बुधबार, ७ जनवरीको बिहान करिब साढे ९ बजे ईस्ट ३४औँ स्ट्रिट र पोर्टल्यान्ड एभिन्यु नजिकै भएको थियो। मृत महिला रेनी निकोल गुड रहेको खुलेको छ । मिनियापोलिस प्रहरीका अनुसार उनको टाउकोमा गोली लागेको थियो र अस्पताल पुर्‍याउनासाथ उनलाई मृत घोषित गरियो।

आईसले जारी गरेको बयानमा भनिएको छ, अधिकारीहरूले आप्रवासी लक्षित अभियान चलाइरहेका बेला प्रदर्शनकारीहरूले उनीहरूलाई रोके। यी मध्ये एक हिंसक प्रदर्शनकारीले हाम्रा कानुन प्रवर्तन अधिकारीलाई मार्ने र गाडीले कुल्चिने प्रयास गरिन्, यो एक घरेलु आतंकवाद हो।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले घटनालाई घरेलु आतंकवादी हमला को संज्ञा दिएकी छिन्। तर, मिनेसोटाका मेयर ज्याकब फ्रेले प्रेस सम्मेलन गर्दै सरकारको दाबीलाई पूर्ण रूपमा खारेज गरिदिए। उनले भने, इमिग्रेशन अधिकारीहरूले सहरमा अराजकता फैलाइरहेका छन्।

ट्रम्पको प्रतिक्रिया यस्तो छ

राष्ट्रपति डोनाल्ड ट्रम्पले आईस अधिकारीको बचाउ गर्दै ती महिलाले जानीजानी अधिकारीलाई निसाना बनाएको दाबी गरेका छन्। घटनाको भिडियो हेरेपछि ट्रम्पले भने, भिडियो निकै डरलाग्दो छ, । ट्रम्पले आफ्ना अधिकारीको कदमलाई सही ठहर्‍याएका छन् ।

घटनापछि सयौँ मानिसहरू घटनास्थलमा भेला भएर आईसविरुद्ध नाराबाजी गरेका छन्। साँझमा मृतकको सम्झनामा शोक सभा आयोजना गरियो, जहाँ मानिसहरूले आप्रवासन एजेन्सीहरूको विरोध गरे।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले घटनालाई ‘घरेलु आतंकवादी हमला को संज्ञा दिएकी छिन्। तर, मिनेसोटाका मेयर ज्याकब फ्रेले प्रेस सम्मेलन गर्दै सरकारको दाबीलाई पूर्ण रूपमा खारेज गरिदिए। उनले भने, इमिग्रेशन अधिकारीहरूले सहरमा अराजकता फैलाइरहेका छन्।

मेयर फ्रेले सामाजिक सञ्जालमा लेखेका छन्, हामी आईसले तुरुन्तै यो सहर र राज्य छोडोस् भन्ने चाहन्छौं । हामी हाम्रा आप्रवासी र शरणार्थी समुदायको साथमा छौँ।

भिडियोमा यस्तो दखिन्छ

सीएनएको रिपोर्ट अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक आईस अधिकारी सडकको बिचमा रोकिएको गाडी नजिकै जान्छन् र चालकलाई ढोका खोल्न भन्छन्। त्यति नै बेला गाडी अगाडि बढ्छ र अगाडि उभिएका अर्का आईस अधिकारीले तुरुन्तै बन्दुक निकालेर निकै नजिकबाट कम्तीमा दुई गोली चलाउँछन्।

गाडीले अधिकारीलाई ठक्कर दिएको थियो वा थिएन भन्ने कुरा भिडियोमा प्रस्ट छैन। गोली लागेपछि नजिकैका दुईवटा गाडीमा ठोक्किएर रोकिएको थियो।


सम्बन्धित समाचार

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल