Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
११ माघ, काठमाडौं । अमेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्ड नेपाल भ्रमणमा आएने भएककी छन् ।
नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको तयारी चलिरहे पनि घोषणा भइनसकेकाले सार्वजनिक गर्नेस्तरमा कुनै प्रगति भइसकेको छैन । अमेरिकालगायत दुईतीन वटा मुलुकबाट पनि उच्च तहमा नेपाल भ्रमणको तयारी चलिरहेको छ । यद्यपि,अहिलेसम्म सार्वजनिक गर्नेस्तरमा कुनै प्रगति भइसकेको छैन, परराष्ट्र उच्च स्रोतले भन्यो ।
निकट भविष्यमा हुन लागेका ती भ्रणहरूमध्ये अमेरिकी उप विदेशमन्त्री नुल्यान्डको भ्रमणका विषयमा मंगलबार परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समेत अमेरिकी राजदूत डीन।आर। थम्पसनको छलफल भएको गपरराष्ट्र स्रोतको भनाइ छ ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल