Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण

वाशिंटन डिसी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक कोरोना भाइरस ९कोभिड १९० को परीक्षण गराएका छन् । दोस्रो पटकको परीक्षणमा पनि ट्रम्पलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएको जानकारी दिए । उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए ।
फिजिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिए । कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताए । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो । संयुक्तराज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन् । बुधबार एकैदिन अमेरिकामा १ हजार संक्रमितको मृत्यु भएको थियो ।


सम्बन्धित समाचार