Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२ पुस, काठमाडौं । विश्व फुटबल आइकन लियोनल मेस्सीले गुजरातको जामनगरस्थित वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र वन्तारा भ्रमणसँगै आफ्नो बहुप्रचारित ‘गोट इन्डिया टुर’ को समापन गरेका छन्। यस अवसरमा भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजका निर्देशक अनन्त अम्बानीले मेस्सीलाई १० करोड ९० लाख भारु मूल्यको ‘रिचर्ड मिल आरएम ००३ (भी२ जीएमटी टर्बिलियन एसिया इडिसन) घडी उपहार दिएको विभिन्न भारतीय सञ्चारमाध्यममा उल्लेख छ । मंगलबार भएको भेटमा मेस्सी इन्टर मियामीका सहखेलाडी लुइस सुवारेज र रोड्रिगो डे पाउलसँगै ३ हजार एकड क्षेत्रफलमा फैलिएको वनतारा परिसर अवलोकनमा पुगेका थिए। सुरुवातमा घडी नलगाइ आएका मेस्सी संरक्षण टोलीसँगको अन्तरक्रियाका क्रममा भने उक्त सीमित संस्करणको स्केलेटनाइज्ड घडी लगाएको देखिएका थिए। संसारकै दुर्लभ घडीमध्ये एक मानिने यो ‘एसिया इडिसन’ मोडल विश्वभर जम्मा १२ वटा मात्र उत्पादन गरिएको छ। कालो कार्बन केस, स्केलेटन डायल, टुर्बिलियन र जीएमटी फङ्सन जस्ता अत्याधुनिक प्रविधि समेटिएको यो घडी उच्चस्तरीय घडी संकलकबीच अत्यन्तै लोकप्रिय छ। वनतारामा मेस्सीलाई भारतीय परम्पराअनुसार लोकसंगीत, आरती र मन्दिरमा महाआरतीसहित स्वागत गरिएको थियो। उनले उद्धार गरिएको हात्तीको बच्चासँग बल खेल्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरलसमेत भयो। मेस्सीले चार मुख्य सहर( कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्ली भ्रमण गरेपछि अन्तिम कार्यक्रमका लागि जामनगर पुगेका थिए । भ्रमणको सम्मानमा अम्बानी परिवारले उद्धार गरिएको सिंहको बच्चालाई ‘लियोनल’ नाम दिएको बताइएको छ। मेस्सीले वनतारामा भइरहेको संरक्षण र पुनःस्थापना कार्यको प्रशंसा गर्दै भारत भ्रमणलाई अविस्मरणीय अनुभवका रूपमा वर्णन गरेका छन्।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल