Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अराजकता मच्चाउने ५९५ जना नियन्त्रणमा

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५ सय ९५ जनालाई पक्राउ गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालसम्म ५९५ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिएका हुन् । बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले भने– अपराधमा संलग्नहरूलाई पक्राउ गरेर कानुनको दायरामा ल्याएका छौँ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल सहित सबैलाई विश्वासमा लिएर चुनाव सम्पन्न गर्नेतर्फ सरकार अघि बढेको बताएका छन् । मन्त्री अर्यालले भने, अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको छ। । मन्त्री अर्यालले औपचारिक र अनौपचारिक रूपमा अहिलेको सरकारले राजनीतिक दलहरूसँग संवाद गरिरहेको बताए । धेरै भन्दा धेरै लुटिएका हात हतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको उल्लेख गर्दै मन्त्री अर्यालले भने– ‘फरार कैदी बन्दी र लुटिएका हतियारले गर्दा नै चुनाव प्रति विभिन्न शङ्का उपशङ्का राख्नु पर्ने स्थिति छैन । मन्त्री अर्यालका अनुसार हालसम्म ७ सय २३ थान हतियार फिर्ता आएको छ । समिति सदस्यहरू नरबहादुर विष्ट, मदनकुमारी शाह, मदनबहादुर परिवार, कृष्णप्रसाद अधिकारी, रुक्मिणी कोइराला, युवराज शर्मा, सुमित्रा बिसी र रेणु चन्द लगायतले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा आफ्ना धारणा राखेका थिए ।


सम्बन्धित समाचार

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल