Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन् । बुधबार राजधानीमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पेट्रोलियम सवारीको आयात तथा प्रयोग विस्थापन गर्दै अब विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने बेला आइसकेको भन्दै अर्थमन्त्री शर्माले अहिलेको पेट्रोल पम्पहरुलाई चार्जिङ स्टेसनमा रुपान्तरण गर्नुपर्ने बताए । यसका लागि विश्वमा नयाँ नयाँ टेक्नोलोजी आइसकेको बताउँदै अर्थमन्त्री शर्माले नेपालले पनि सोको अनुसरण गर्नुपर्ने बताए । अन्य आवश्यक स्थानमा समेत चार्जिङ स्टेसन निर्माणका लागि सरकार लागि परेको र यसमा निजी क्षेत्रको समेत सरकारले साथ खोजेको उनले बताए । सो अवसरमा मन्त्री शर्माले सडक,पूर्वाधार तथा अन्य सबैखाले भौतिक पूर्वाधार विकासका लागि परम्परागत नीति परिवर्तन गर्नुपर्ने बेला आएको बताए । ‘परम्परागत नीतिलाई आधुनिकतामा परिवर्तन गर्नुपर्ने जुन प्रसंग छ, त्यो सम्भव छ। तर, जुन व्यवहारिक नीतिहरु छन् त्यो जुन सरकार आएपनि परिवर्तन हुनुहुँदैन मन्त्री शर्माले भने, ‘विकास निर्माणका कुरा पूर्वाधार विकासको कुरा र रोजगारी सिर्जनाको कुरामा जो आएपनि फरक पार्दैन परिवर्तन गर्न हुँदैन ।’सोही अवसरमा मन्त्री शर्माले भने, ‘अर्थशास्त्र के हो रु केलाई अर्थशास्त्र भनिन्छ त्यो मलाई छैन । तर, देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ, कसरी गर्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ ।’
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल