Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अलपत्र ७ नेपालीको गरियो उद्धार

दोहा । कुवेतमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका आइसीसी सदस्य अमित चामलिङ राईले जानकारी दिए ।

उद्धार गरी स्वदेश फर्किनेहरुमा विशनबहादुर खत्री, लक्ष्मनबहादुर ढकाल, मिलनकुमार तामाङ, रामबहादुर तामाङ, विजय ग्याबक, अमर ढकाल र शान्ति बिक रहेका छन् । उनीहरुलाई गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहकार्यमा एनआरएनए एनसीसी कुवेतले पीसीआर परीक्षण गरी नेपालसम्मको हवाइ टिकट र काठमाडौँदेखि घरसम्मको खर्चको व्यवस्था गरी जजिरा एयरको उडानमार्फत बुधबार स्वदेश फर्काइएको आइसीसी सदस्य राईले बताए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । नेपाल फर्कनेको हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समस्या परेकालाई सहयोग गरी काठमाडौँ बिमानस्थलदेखि घरसम्म पुग्ने खर्च समेत व्यवस्था गरिने एनआरएनए कुवेतले जनाएको छ ।