Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवार्ड मेरा लागि सम्मान

नायक अनमोल केसी अहिले अमेरिकामा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन अनमोल अमेरिका पुगेका थिए । अब, उनी चलचित्र ‘क्याप्टेन’को विशेष शोमा सहभागी भएर नेपाल फर्किनेछन् । अनमोलले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्टार अफ दि इयर’को अवार्ड प्राप्त गरे । यो अवार्ड पाउनु भन्दा केही दिन अगाडि मात्र उनले जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा ‘पपुलर नायक’को अवार्ड जिते । यसरी, एकपछि अर्को अवार्ड जित्दै गर्दा नायक अनमोल केसीलाई अवार्ड पाउने कार्यक्रममा पुग्ने गरेको आरोप समेत लाग्ने गरेको छ । अनमोल भन्छन्–‘अवार्ड भनेको कुनै पनि कलाकारलाई हौसला दिनका लागि गरिने सम्मान हो । मैले, अवार्डलाई मलाई गरिएको सम्मानको रुपमा हेरेको छु ।’
उनले अगाडि भने–‘अवार्ड लोभ गर्दैमा पाइन्छ भन्ने म मान्दिनँ । किनकी, अवार्ड पाउने लोभ त धेरैलाई हुन्छ होला । तर, लोभ गर्दैमा पाइदैन ।’ गतबर्ष चलचित्र ‘क्याप्टेन र ए मेरो हजुर ३’मा काम गरेका अनमोल अब यो बर्ष चलचित्र ‘ए मेरो हजुर ४’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु हुनेछ ।


सम्बन्धित समाचार