Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आइतबार रातिदेखि परेको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका झण्डै सयभन्दा बढी स्थान डुबानमा परेको प्रहरीले बताएको छ । प्रहरीले दिएको जानकारी अनुसार १३० जना बढीलाई डुबान क्षेत्रबाट उद्धार गरिसकिएको छ ।

अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको हो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन । गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुलल, त्रिपुरेश्वर नजिकैको सुकुम्बासी बस्ती लगायतका क्षेत्र डुबानमा परेका हुन् । बागमती नदी बल्खु क्षेत्रको सुकुम्बासीमा पसेपछि त्यहाँ बिजोग छ । खोला छेउमा बनाइएका टहराहरू डुबानमा परेका छन् । सडकमा पार्किङ गरेर राखिएका गाडीहरु डुबेका छन् । मानिसहरुलाई आफ्ना टहराका सामानहरु जोगाउन हम्मे हम्मे परेको देखिन्छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल