Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध कपडा सहित पक्राउ

धनुषा । धनौजी गाउँपालिका(१ स्थित लखौरीबाट जनकपुर उपमहानगरपालिका(१ बस्ने २६ वर्षीय राजेश कापर समेत ५ जनालाई अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ ६ वटा मोटरसाइकलमा ७ वटा पोकामा राखी अवैध रुपमा ल्याउँदै गरेको उक्त कपडा सहित २ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।
पक्राउ परेका ५ जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।