Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

घोराही उपमहानगरपालिका-१९ खम्बासबाट अवैध लागूऔषध चरेस ८ केजी ५ सय ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा गंगादेव गाउँपालिका-४ बस्ने २१ वर्षीय गणेश वली, २७ वर्षीय भुपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा.३ प ४५५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।