Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(४ खोर्केलाईन बस्ने २४ वर्षीय शुक्रराज सारु मगरलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घरभित्र चुरोटको बट्टामा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाही, बरहथवा नगरपालिका(९ झुलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा १० केजी सहित हरिवन नगरपालिका(२ बस्ने २४ वर्षीय महेशकुमार गौतमलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले ना।३० प ७४३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सर्लाही, मलंगवा नगरपालिका(८ गोरखकालीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट र डाइजेल्याप ६ एम्पुल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१६ बस्ने संखुवासभा खाँदवारी नगरपालिका(७ का विपिन थापामगर र काठमाडौं टोखा नगरपालिका(३ गोंगवु बाँनियाटार हाइट बस्ने १९ वर्षीय सुमन कार्की रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार